Methods of Viewing your own PIS
पि. आई. एस. को सामान्य प्रयोगकर्ता कसरी बनाउने ?
- Eservice.pis.gov.np मा जानु होस ।
- नयाँ प्रयोगकर्ता दर्ताको लागि फारम भर्नुहोस् भन्ने button मा Click गर्नुहोस ।
- प्रयोगकर्ताको संकेत नम्बर राख्नुहोस ।
- पासवर्ड राख्ने ठाउँमा Click गर्नुहोस ।
- यदि तपाईको Email र Mobile number पहिला अद्यावधिक छैन भने “माफ गर्नु होला तपाइको Email र Mobile number भेटिएन” भन्ने सूचना देखा पर्छ ।
- उक्त सूचना देखा परेपछि OK buttom मा click गरेर आफ्नो Email र Mobile number राख्नुहोस ।
- Email र Mobile number राखे पश्चात तपाई को विवरण सही हो वा होइन भनेर तल left साइडमा check box मा tick गर्नुपर्ने हुन्छ र विवरण सही भए सो box मा tick (√) लगाएर पेश गर्नुहोस ।
- बिबरण पेश गरेसकेपछी Mobile र Email मा ६ अंक को OTP (One time password) code जान्छ ।
- उक्त OTP राखिसके पछि तपाईले पुन संकेत नम्बर राखेर आफ्नो पासवर्ड राख्न सक्नुहुनेछ ।
- पासवर्ड राख्दा त्यहाँ दिएको सर्तहरु पुरा गर्नु पर्ने हुन्छ ।
(पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ८ क्यारेक्टर लामो हुनुपर्दछ ।)
- अन्तिममा दर्ता गर्नुहोस मा Click गरेपछि तपाईको प्रयोगकर्ता सफलतापुर्बक दर्ता हुनेछ । त्यसपछी आफ्नो User ID र Password राखेर login गर्न सक्नु हुनेछ ।
- Login भए पश्चात आफ्नो Profile Page को माथितिर व्यक्तिगत विवरण मुद्रण भन्ने बटनमा Click गरेर आफ्नो विवरण Print गर्न सक्नुहुनेछ ।