• info@pis.gov.np
  • +९७७ ०१-५०१०१३८, ०१-५४२८९७५
English
"निजामती सेवा दिवस २०७८-८२ को नारा : "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन"

उद्देश्य एवं कार्यहरु

उद्देश्यहरू

  • सम्पूर्ण निजामती कर्मचारीहरूको शुरू नियुक्ति देखि अवकाश सम्मको अभिलेख अद्यावधिक गरी राख्ने ।
  • अवकाश प्राप्त कर्मचारीहरूको अभिलेख राख्ने ।
  • सेवाबाट अलग भएका निजामती कर्मचारीहरूले पाउने निवृत्तभरण, उपदान, पारिवारिक निवृत्तभरण, सन्तत्तिवृत्ति लगायतका सुविधाहरू उपलब्ध गराउने र तिनको अभिलेख राख्ने ।
  • सरकारका विभिन्न निकायहरूलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सूचना तथा तथ्यांकहरू उपलब्ध गराउने ।
  • निजामती कर्मचारी सूचना केन्द्रको रूपमा कार्य गर्ने ।

 

कार्यहरू

यी उद्देश्यहरू पूरा गर्न यस विभागले विद्यमान निजामती सेवा ऐन र नियमावलीको अधीनमा रही निम्न कार्यहरू गर्दै आएको छ ।

  • सरकारको निर्णयानुसार निजामती किताबखानामा दर्ता गराउनु पर्ने कार्यालयहरूको संगठन तथा दरबन्दी दर्ता गर्ने,
  • सिटरोल दर्ता गरी नियुक्ति, पदस्थापन, सरूवा, बढुवा, तालीम, शैक्षिक योग्यता, पुरस्कार, विभागीय कारवाही, असाधारण एवं अध्ययन विदा, औषधी उपचारको रकम जस्ता कर्मचारीसँग सम्बन्धित विवरणहरू वैयक्तिक विवरण फायलमा संलग्न गरी अध्यावधिक गर्ने,
  • हाल उपत्यका भित्रका सबै कार्यालयको वाषिर्क तलवी प्रतिवेदन पारित गर्ने,
  • निजामती कर्मचारीहरूको अवकाशको सूचना पठाउने,
  • सेवाबाट अलग भएका कर्मचारीहरूको निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, असाधारण पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्ततिवृत्ति जस्ता सुविधाहरू किटान गरी अधिकार पत्र प्रदान गर्ने,
  • पुरानो नोकरी हालको नोकरीमा जोड्ने,
  • प्रत्येक बर्षजानपद र दीर्घ सेवा पदक पाउने निजामती कर्मचारीहरूको नामावली तयार गरी सम्बन्धित निकायमा पठाउने,
  • कर्मचारीहरूको स्थायी ठेगाना, इच्छाइएको व्यक्ति परिवर्तन भएमा रर्ेकर्डमा जनाई जानकारी दिने,
  • कर्मचारीहरूको नोकरी विवरण, सेवा अद्यावधिक तथा जन्ममिति प्रमाणित गरी अभिलेख राख्ने ,
  • निजामती पद तथा कर्मचारीहरू सम्बन्धीसम्पूर्ण विवरण अध्यावद्यकि राखी सूचना केन्द्रको रूपमा काम गर्ने,
  • निजामती कर्मचारीहरूको प्राप्त सम्पत्ति विवरण राख्ने ।

 

सम्पर्क विवरण

  • राष्ट्रिय किताबखाना (निजामती),
    हरिहरभवन, ललितपुर
  • +९७७ ०१-५०१०१३८, ०१-५४२८९७५
  • +९७७ ०१-५०१०२१७
  • info@pis.gov.np

  • M8H7+VC Lalitpur
  • आइतबार-बिहीबार
    १०:०० बिहान - ५:०० बेलुका
    शुक्रबार
    १०:०० बिहान - ३:०० बेलुका

फलो गर्नुहोस्

शिघ्र सन्देश


गुगल नक्शामा हामीलाई खोज्नुहोस्