• info@pis.gov.np
  • +९७७ ०१-५०१०१३८, ०१-५४२८९७५
English

"निजामती सेवा दिवस २०७८-८२ को नारा : "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन"

महानिर्देशकको सन्देश

राष्ट्रिय किताबखाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विभागस्तरको कार्यालय हो। वि.सं. १९०५ मा निजामती, जङ्गी, प्रहरी र मिलिसियाका कर्मचारीहरुको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नामबाट स्थापना भएको यो कार्यालयले समयको कालखण्डसँगै विभिन्न नामबाट आफ्नो कार्यसम्पादन गर्दै आएको छ। वि.सं. २०२२ सालदेखि निजामती किताबखानाको रुपमा कार्यसम्पादन गर्दै आएको यो निकाय नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७५।०२।०६ को निर्णयानुसार निजामती, विद्यालय शिक्षक र प्रहरी किताबखाना तीन वटैलाई एकिकृत गरी राष्ट्रिय किताबखाना नामाकरण भईसकेको छ भने हाल यी किताबखानाहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखाना(निजामती), राष्ट्रिय किताबखाना(शिक्षक) र राष्ट्रिय किताबखाना(प्रहरी) को नामबाट साबिकका स्थानबाट नै सञ्चालनमा रहेको अवस्था छ।
       

राष्ट्रिय किताबखाना (निजामती) बाट नेपाल सरकारको संगठन संरचना तथा दरवन्दी, निजामती कर्मचारीहरुको वैयक्तिक विवरण (सिटरोल) दर्ता देखि सेवानिवृत्त पश्चातसम्मका विवरणहरु अद्यावधिक गर्ने, मन्त्रालय, सचिवालय आयोग र विभाग तथा उपत्यका भित्र रहेका कार्यालयहरुको वार्षिक तलबी प्रतिवेदन पारित गर्ने, सेवाबाट अलग भएका कर्मचारीको उपदान, निवृत्तभरण, पारिवारीक निवृत्तभरण, असाधारण पारिवारीक वृत्ति, शैक्षिक तथा सन्तती वृत्ति, उपचार खर्च, विदाको रकम यकिन गर्ने, निवृत्तभरण अधिकारपत्र जारी गर्ने, निजामती कर्मचारीहरुको सम्पत्ति विवरण अद्यावधिक गर्ने कार्यहरु सम्पादन हुने गरेको छ। त्यसैगरी उल्लेखित कार्यहरु शिक्षकका हकमा राष्ट्रिय किताबखाना (शिक्षक) र प्रहरी कर्मचारीहरुको हकमा राष्ट्रिय किताबखाना (प्रहरी)बाट सम्पादन हुँदै आएका छन् ।
       

विगतमा परम्परागत फाइलिङ्ग र ढड्डा प्रणालीमा रहेको यस विभागको अभिलेख प्रणाली हाल करिब ९५ प्रतिशत कार्यहरु सफ्टवेयरमा आधारित रहेका छन् । अभिलेख प्रणाली व्यवस्थित रहेको छ । यो निकायमा रहने अभिलेख निजामती कर्मचारीहरुको सेवानिवृत्त / शेषपश्चात कर्मचारी परिवारको लागि पनि प्रयोगमा आउने हुन्छ । यो निकायबाट सम्पादन हुने कार्यहरु नेपाल सरकारका सबै निकायहरुसँग अन्तरसम्बन्धित रहेको हुँदा कार्यक्षेत्र व्यापक रहेको छ । साथै सम्बन्धित निकायहरुबाट अभिलेख राख्नुपर्ने विवरणहरु प्राप्त नभएसम्म कार्यसम्पादन हुन नसक्ने अवस्था समेत छ । तसर्थ सम्पूर्ण निकायहरु तथा कर्मचारीहरुमा यस निकायको वेवसाइट, आफ्नो कर्मचारी वैयक्तिक विवरण (पि.आई.एस.), हत्केलामा निजामती सेवा नामक मोबाइल एपका विवरणहरु निरन्तर हेर्नुहुन, अद्यावधिक गर्नुपर्ने कागजात विवरण समयमा नै उपलब्ध गराउनु हुन, निर्णय लिन आधार लिनुपर्ने कागजातहरु सहित प्रस्तुत हुन, समयमा नै तलबी प्रतिवेदन पारित गराउनु हुन, कर्मचारीको अवकाश हुने उमेर यकिन गरी समयमा नै पत्राचार गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
       

यहाँहरुको अमूल्य सुझाव नै हाम्रो सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउन एवं कार्यप्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मार्गदर्शन हुने भएकोले सम्बन्धित सबैलाई यस पुनित कार्यमा सहयोगका लागि सविनय अनुरोध गर्दछु ।

 

महानिर्देशक

राष्ट्रिय किताबखाना

सम्पर्क विवरण

  • राष्ट्रिय किताबखाना (निजामती),
    हरिहरभवन, ललितपुर
  • +९७७ ०१-५०१०१३८, ०१-५४२८९७५
  • +९७७ ०१-५०१०२१७
  • info@pis.gov.np

  • M8H7+VC Lalitpur
  • आइतबार-बिहीबार
    १०:०० बिहान - ५:०० बेलुका
    शुक्रबार
    १०:०० बिहान - ३:०० बेलुका

फलो गर्नुहोस्

शिघ्र सन्देश


गुगल नक्शामा हामीलाई खोज्नुहोस्