तलबी प्रतिवेदन पारित गर्ने सम्बन्धी सूचना ।( मिति:२०८३-०३-२९ गते)

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
राष्ट्रिय किताबखाना (निजामती)
हरिहरभनवन, ललितपुर

सूचना ! सूचना !! सूचना !!!
सूचना प्रकाशित मिति २०८३/०३/२९


निजामती सेवा ऐन, २०४९ को दफा ७ ( ख ) २ बमोजिम मन्त्रालय, सचिवालय, आयोग र विभाग तथा उपत्यकाभित्र रहेका कार्यालयमा कार्यरत निजामती कर्मचारीको हकमा राष्ट्रिय किताबखाना (निजामती) बाट तलबी प्रतिवेदन पारित नगराई तलब खुवाउन नमिल्ने तथा साविक सामान्य प्रशासन मन्त्रालय (हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) को मिति २०६६/८/२९ को च.नं. २४१ को परिपत्र अनुसार प्रत्येक आ.व. को भाद्र मसान्तभित्र तलबी प्रतिवेदन पारित गरिसक्नुपर्ने हुँदा काठमाडौं उपत्यका भित्रका सङ्घीय कार्यालय/आयोजनाहरुले आ.व. २०८३/८४ को तलबी प्रतिवेदन सम्बन्धित कार्यालयले देहायका विवरणहरु संलग्न राखी २०८३ साल भाद्र मसान्तभित्र यस विभागको talabi2083@pis.gov.np मा पठाउनु हुन अनुरोध छ ।
१.स्वीकृत ढाँचा बमोजिम पूर्ण रुपमा विवरणहरु भरेर प्रमाणित गरिएको तलबी प्रतिवेदन फाराम एक प्रति PDF ढाँचामा र एक प्रति soft copy समेत ।
२.सम्बन्धित कार्यालयको प्रमाणित दरबन्दी तेरिजको छायाँप्रति pdf ढाँचामा एक प्रति ।
३. सम्बन्धित कर्मचारीको गत आर्थिक वर्षमा पारित तलबी प्रतिवेदनको प्रतिलिपि । ४.सम्पर्कको लागि अनिवार्य रुपमा कार्यालय / लेखा शाखाको सम्पर्क नम्बर तथा सम्पर्क व्यक्तिको नाम।

नोटः कुनै कर्मचारीको PIS update नभएको भए सम्बन्धित कार्यालय वा कर्मचारीबाट अनिवार्य PIS update गराएर मात्र तोकिएको ढाँचामा तलबी प्रतिवेदन पारितको लागि पेश गर्नुपर्ने छ।